ad ad

कला


काव्यको नयाँ गीत 'ओए कमला' सार्वजनिक

काव्यको नयाँ गीत 'ओए कमला' सार्वजनिक

नेपालखबर
असार १७, २०७९ शुक्रबार १२:५४, काठमाडौँ

गायिका काव्य आचार्य नयाँ गीत लिएर बजारमा आएकी छिन्। ‘ओए कमला’ बोलको सार्वजनिक गीतमा गायिका आचार्यलाई गायनमा गायक रामकृष्ण निरौलाले साथ दिएका छन्।

सार्वजनिक गीत विक्रम केसीले लेखेका हुन्। सुनिल रोक्काको संगीत रहेको गीत ‘डान्सिङ’ शैलीमा तयार पारिएको छ। 

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा पुष्प खड्का र बिना राउतले अभिनय गरेका छन्।

लामाटारमा छायांकन गरिएको भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन्।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो सम्पादन माधव बेलबासेले गरेका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .