ad ad

कला


कहाँ हरायो रेखा थापाको फिल्म?

कहाँ हरायो रेखा थापाको फिल्म?

फाइल तस्बिर


नेपालखबर
असार १३, २०७९ सोमबार ७:१८, काठमाडौँ

अभिनेत्री रेखा थापा एक समय फिल्म उद्योगमा निकै व्यस्त रहन्थिन्। आफैंले थुप्रै फिल्म निर्माण गरेकी रेखा हिजोआज फिल्म उद्योगमा कमै देखिन्छिन्।

रेखा पछिल्लो समय फिल्ममा भन्दा राजनीतिमा सक्रिय देखिन्छिन्। उनी न नयाँ फिल्म बनाइरहेकी छिन् न खेलिनै रहेकी छिन्। 

कोरोना महामारीका बेला अन्य स्टार कलाकारले म्युजिक भिडियोमा अभिनय गरिरहँदा रेखाले भने नयाँ फिल्म निर्माणको घोषणा गरेकी थिइन्। उनले आफ्नो फिल्मका लागि कलाकार समेत फाइनल गरेकी थिइन। दयाहाङ राई र सौगात मल्ललाई लिएर फिल्म बनाउने घोषणा गरेकी रेखा हिजोआज मौन छिन्। 

कोरोना महामारी पछि थुप्रै फिल्म घोषणा भएर छायांकनमा गइसके। रेखाले त्यसपछि पनि केही नयाँ प्रोजेक्टको घोषणा गरेकी थिइन्। तर उनका सबै प्रोजेक्ट अन्यौलमा छन्। त्यसो त रेखा थापा हिजोआज फिल्मी बहसमा सहभागी नै भइरहेकी छैनन्। 

रेखासँगै निर्माता रोज राणाले ‘खलनायक २’ निर्माणको घोषणा गरेका थिए। नयाँ पुस्ताका कलाकार लिएर फिल्म बनाउँने भन्दै प्रचारबाजी गरेका रोज पनि अहिले मौन छन्। उनको ‘खलनायक २’ अन्योलमा छ। रेखा र रोजसँगै त्यतिबेला दर्जन बढी फिल्म निर्माणको घोषणा भए।

कति फिल्म छायांकन भएर पनि प्रदर्शनमा आइसके। कति छायांकन सकेर त्यसपछिको काममा छन्। रेखा र रोजको फिल्म भने घोषणामै सीमित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .