कारोबार


मैवाखोला गाउँपालिकाले एमबीबीएस पढ्न चाहनेलाई २० लाख सहयोग गर्ने

मैवाखोला गाउँपालिकाले एमबीबीएस पढ्न चाहनेलाई २० लाख सहयोग गर्ने

रासस
असार १३, २०७९ सोमबार ७:१९, ताप्लेजुङ

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक  सहयोग गर्ने भएको छ।

गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो।

गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए।

आगामी  २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनका लागि  २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए।

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए।

उनले भने, 'एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक  २० लाख  रुपैयाँ विनियोजन गरेको छ। प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ।'  

सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्न तिर लागेको मैवा खोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए।

    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .