नेपाली फिल्म उद्योगमा कलाकारको प्रेम सम्बन्धको चर्चा धेरै सुनिन्छ। कतिको प्रेम फिल्म छायांकनबाट सुरु भएर फिल्म रिलिजसँगै सकिने गरेको छ।
मनोरञ्जन दुनियाँमा धेरै कलाकारका प्रेम गसिप मात्रै बन्ने गरेका छन्।
यही उद्योगमा संयम पुरी र आश्मा डीसी १० वर्षदेखि प्रेममा छन्।
तर उनीहरुको प्रेम त्यति गसिपको विषय बनेको पाइदैन्। उनै आश्मा र संयमले आफ्नो १० वर्षे प्रेमलाई विवाहमा परिणत गर्ने भएका छन्।
यो जोडी आगामी मंसिरमा विवाह गर्ने तयारीमा छन्।
अमेरिकामा रहेका आश्मा र संयम मंसिरमा वैवाहिक बन्धनमा बाँधिन लागेको कुरा संयमका बुवा निर्देशक नारायण पुरीले जानकारी दिए।
सन २०१२ मा रिलिज भएको फिल्म ‘सायद’बाट उद्योगमा आएका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराममा अभिनय गरेका छन्।
आश्माले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’मा अभिनय गरेकी छिन्। आश्मा र संयमले ‘आभाष’मा स्क्रिन शेयर गरेका थिए।
Shares
प्रतिक्रिया