अभिनेत्री स्वस्तिमा खड्का अभिनित ‘चिसो मान्छे’ आजबाट हलमा रिलिज भएको छ।
फिल्मको प्रचारमा खुलेर लागिकी स्वस्तिमाको राम्रो तारिफ भइरहेको छ। फिल्मको प्रचारमा पनि स्वस्तिमाले कुनै कसर बाँकी राखिनन्। उनले फिल्म प्रचारकै लागि र्याप समेत गाउन भ्याइनँ।
‘म तिम्रो निश्चल अनि तिमी मेरो स्वस्तिमा तिमीलाई बाहेक मैले अरु कोही सोच्दिनँ’ भन्दै स्वस्तिमाले र्यापर डीएनएक्ससँग मिलेर र्याप गाएकी हुन्।
र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को नयाँ एपिसोडमा स्वस्तिमा हिपहप लुक्समै प्रस्तुत भएकी थिइन्।
स्वस्तिमाका श्रीमान निर्देशक निश्चल बस्नेतसँगकोे केमेस्ट्री मिलाएर उक्त गीत तयार पारिएको थियो।
‘चिसो मान्छे’का को–स्टार अपर्ण थापाले थपडी बजाएर स्वस्तिमालाई साथ दिएका थिए। स्वस्तिमाले र्यापर लाहुरेको गीत पनि गाइन्।
Shares

प्रतिक्रिया