कला


फेरि तात्यो दीपक र जितुको सम्बन्ध

फेरि तात्यो दीपक र जितुको सम्बन्ध

नेपालखबर
असार २, २०७९ बिहिबार ८:५९, काठमाडौँ

नेपाली फिल्म उद्योगमा लामो सहकार्य गरेका दीपकराज गिरी र जितु नेपालको सम्बन्ध बिगत केही समय निकै चिसिएको थियो। 

लामो समय सँगै काम गरेका यी दुईको सम्बन्धमा दरार आएपछि व्यवसायिक रुपमा पनि अलग देखिए। लामो समयको अन्तरालपछि दीपक र जितुले आफ्नो सम्बन्धको न्यानोपन फर्किएको जनाउ दिएका छन्।

बुधबार गिरी नेपालसँगको पुरानो तस्बिर पोस्ट गर्दै जन्मदिनको शुभकामना दिए। फोटोसँगै जितुले क्याप्सनमा लेखे ‘धेरै शब्दहरु खर्चिने सोचेको थिएँ। तर, यो फोटोले मेरा शब्दहरुलाई आफैँ सम्पादन गरिदियो। समय बदलियो होला, परिस्थिति बदलियो होला तर प्रेम उस्तै छ।’

उद्योगमा संघर्ष गर्दै गर्दाको समयको तस्बिरसहित दीपकले लेखेको क्याप्सनमा जितुले धन्यवादका शब्द खर्चिएका छन्। उनले लेखेका छन् ‘फेरि यसै गरी सुत्ने हो। समय र परिस्थिति हाम्रो सम्बन्ध र प्रेमको अगडि केही होइन। धन्यवाद गुरु।’ दीपक दीपा दुवैले जितुलाई जन्मदिनको शुभकामना दिएपछि यी दुईको सम्बन्धमा सुधार आएको संकेत गरिएको छ। तर कामका हिसावले भने एक–अर्काको टिममा अझैँ अटाउन सकेका छैनन्।

जितुले कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ अध्यक्ष रहेकी दीपाश्रीलाई हटाएर करिश्मा मानन्धरलाई अध्यक्षमा भित्राएपछि उनीहरुको सम्बन्धमा दरार आएको थियो। अहिले जितुको कार्यक्रम बन्द भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad