कला


‘छोडपत्र’ गर्दै दीपक–दीपा

‘छोडपत्र’ गर्दै दीपक–दीपा

नेपालखबर
असार २, २०७९ बिहिबार ७:३५, काठमाडौँ

नेपाली फिल्म उद्योगमा निकै जमेको जोडी हो दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी।

यो जोडीले मिलेर उद्योगमा थुप्रै काम गरेका छन्। रेडियो नाटक हुँदै सुरु भएको दीपक–दीपाको सहकार्य टेलिसिरियल हुँदै फिल्मसम्म आइपुगेको छ।

उनीहरुले बनाएका फिल्म बक्स अफिसमा सफल पनि भएका छन्। दीपक– दीपाले पुनः ‘छोडपत्र’नामक फिल्ममा सहकार्य गर्ने भएका छन्। दीपाले निर्देशन गर्ने ‘छोडपत्र’मा दीपक शीर्ष भूमिकामा देखिने छन्।

चलचित्र निर्माणमा रोहित अधिकारीले दीपक–दीपासँग सहकार्य गर्ने छन्। दीपक सहित यो चलचित्रमा ‘छक्कापञ्जा’का कलाकारहरुले अभिनय गर्ने बताइएको छ।

चलचित्र विकास बोर्डमा दीपक–दीपाको ‘छोडपत्र’ दर्ता भइसकेका छन्। आगामी दसैँपछि चलचित्र छायाँकनको काम सुरु गर्ने निर्माता रोहित अधिकारीले बताए।

दीपक–दीपा भने तत्कालका लागि अर्को फिल्मको तयारीमा छन्। हेमराज बिसीले निर्देशन गर्न लागेको फिल्मको टाइटल ‘छक्कपञ्जा ४’ अथवा ‘माग्ने राजा’मध्ये के हुन्छ भन्ने कुरामा भने दीपकनै अन्यौलमा छन्।

दीपाश्री ‘छोडपत्र’मा व्यस्त हुने भएपछि तत्काल बन्न लागेको फिल्म निर्देशनमा बिसी धित्रिएका हुन्।

सामाजिक र कमेडी ड्रामा फिल्मको छायाँकन असार लागेसँगै छायाँकन सुरु गर्ने भनिएपनि मौसमका कारण छायांकन सुरु हुन सकेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad