कला


बर्जर पेन्ट्सद्वारा मिस नेपाल २०२२ का साथमा विशेष फेशन शो

बर्जर पेन्ट्सद्वारा मिस नेपाल २०२२ का साथमा विशेष फेशन शो

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार २१:४६, काठमाडौँ

बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट होटल र्‍याडिसनमा एक विशेष फेशन शो समारोह बिच सम्पन्न गरेको छ।

समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरहरुद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरुका सम्मोहित पार्ने रँगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए। 

कम्पनीका अनुसार अत्यन्त उच्चकोटीको फेसन, अद्वितीय मनमोहक, रँगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरु बीच प्रस्तुत गरिएको थियो।

बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको दाबी गरेकाे छ।

रचना गुरुङद्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो।

पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो दोस्रो चरणमा कासाबाट डिजाइन गरिएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जि इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको।

कार्यक्रमको शोस्टपर रुपमा मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ  सामेल थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad