कला


हलबाहिर तनाव बढेपपछि एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

हलबाहिर तनाव बढेपपछि एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

नेपालखबर
जेठ १७, २०७९ मंगलबार १३:७, काठमाडौँ

अभिनेत्री मिरुना मगरले ‘कबड्डी ४’ प्रदर्शनका क्रममा गत आइतबार आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी दर्ता गरिन्।

उनको उजुरीका आधारमा पक्राउ परेका युवाको रिहाइको माग गर्दै अहिले चर्को प्रदर्शन भइरहेको छ। चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले बाहिर भएको तनाव नियन्त्रण गर्न नसकेपछि हलले ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ। 

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिती तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो। स्थिती सामान्य बनेपछि मात्रै पुनः फिलम प्रदर्शन गर्ने हल व्यवस्थापनले जनाएको छ। 

‘कबड्डी ४’की शिर्ष अभिनेत्री मिरुनाले आइतबार भीडमा दर्शकले आफ्नो संवेदनशील अंगमा छोएको आरोप लगाएकी हुन्। अहिले यो विषयलाई लिएर माहोल निकै गर्माएको छ।

उनको विरुद्धमा प्रदर्शन गरिरहेकाहरुले पक्राउ परेका युवकको रिहाइ र फिल्म प्रदर्शनमा रोक लगाउन माग गरेका छन्। गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad