कला


फिल्म चल्न/चलाउन हिट सिरिजकै भर

फिल्म चल्न/चलाउन हिट सिरिजकै भर

नेपालखबर
जेठ १७, २०७९ मंगलबार ८:५४, काठमाडौँ

कोरोना काल समाप्त भएसँगै हलमा थुप्रै नेपाली फिल्म प्रदर्शनमा आए। प्रदर्शनमा आएका फिल्म मध्ये केही फिल्मले राम्रो समीक्षा पाए।

केही चलचित्र समीक्षकको आँखामा समेत पर्न पाएनन्। तर राम्रो समीक्षा पाएकै पनि कति चलचित्रले लगानी सुरक्षित गर्न सकेनन्। 

यो अवधिमा हलमा लागेर लगानी उठाउने चलचित्र जम्मा ३ वटा छन्। अलि अघि प्रदर्शनमा आएका ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’ले लगानी उठाए। अहिले ‘कबड्डी ४’ले राम्रो कमाइ गरिरहेको छ। 

यी ३ चलचित्र बाहेक अन्य कुनै चलचित्रले लगानी सुरक्षित गर्न सकेनन्। कोरोना कालपछि ‘डाँडाको वर पिपल’, ‘चुरिफुरी’, ‘चपली हाइट ३’, ‘लप्पन छप्पन २’, ‘चिसो एष्ट्रे’, ‘हेल्लो जिन्दगी’, ‘मन्त्र’, ‘षट्कोण’, ‘लक्का जवान’, ‘लाइफ इन एलए’ लगायतका फिल्म प्रदर्शनमा आए।

प्रदर्शनमा आएका मध्ये केही फिल्म उद्योगले आश गरेका मध्ये पर्थे। तर कुनै चलचित्रले उद्योगको आश पूरा गर्न सकेनन्। फिल्म चलाउन गरिएका विभिन्न लफडाले पनि काम गरेन। 

पछिल्लो समय हलमा लागेर लगानी सुरक्षित गरेका चलचित्रलाई हेर्ने हो भने दर्शकले हिट सिरिजलाई मात्रै रुचाएको पाइन्छ। दर्शकको रुची र फिल्मको कमाइलाई हेर्ने हो भने निर्माता निर्देशकले चल्नका लागि अझै सिरिजकै साहारा लिने देखिन्छ। नयाँ नाम लिएर दर्शक तान्ने आत्मविश्वास निर्माता निर्देशकमा देखिँदैन। 

हिट फिल्मकै सिरिज बनाउँदा फिल्म ब्राण्डिङमा त्यति साह्रै कसरत गर्नु पनि नपर्ने र दर्शकले पनि पत्याउने हुनाले निर्माता/निर्देशक सिरिजकै पछि लाग्ने पक्का छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad