कला


दर्शकको दुर्व्यवहारमा परेकै हुन् त मिरुना?

दर्शकको दुर्व्यवहारमा परेकै हुन् त मिरुना?

नेपालखबर
जेठ १७, २०७९ मंगलबार ६:५१, काठमाडौँ

मनोरञ्जन उद्योगमा बेला बेला दुर्व्यवहारका खबर सार्वजनिक भइरहेका हुन्छन्। निर्माता/निर्देशकले महिला कलाकारमाथि हिंसा गरेको खबर सार्वजनिक हुने यो उद्योगमा पछिल्लो पटक भने अनौठो खबर सार्वजनिक भएको छ।

यसपटक फिल्म हेर्न आएका दर्शकले नायिका माथि दुर्व्यवहार गरेको खबर सार्वजनिक भएको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया लिने क्रममा आफू माथि दुर्व्यवहार भएको चलचित्रकी अभिनेत्री मिरुना मगरले आरोप लगाएकी छिन्।

फिल्मको प्रतिक्रियाका लागि भिडमा पुगेकी मिरुनाले ती दर्शकले आफ्नो शरीरमा पटकपटक छोएको आरोप लगाएकी छिन्। सोही क्रममा मिरुनाले दर्शकलाई भिडमै झापडसमेत हानेकी थिइन्। त्यसपछि झुक्किएर छोएको भन्दै माफी मागे।

तर मिरुनाले आफू माथि दुर्व्यवहार भएको भन्दै प्रहरी वृत्त, जनसेवामा उजुरी दिएकी छिन्। मिरुनाको उजुरीपछि प्रहरीले फुर्वा लामालाई पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप्ने तयारी गरेको छ। पक्राउपछि पनि फुर्वाले भने भीडमा छोइएको बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad