यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (इएल) लाई प्रदान गरिनेछ।
दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
उक्त पुरस्कार आगामी जेठ २५ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रदान गरिनेछ।
२ लाख ५० हजार राशिसहित पुरस्कार पुरस्कार सरिता परियार ट्रस्ट फण्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभाष दर्नालको जीवन र सम्झनामा वितरण हुँदै आएको छ।
यसबाहेक, दर्नाल पुरस्कार छनोट समितिले अन्य वर्षमा जस्तै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका दुई व्यक्तित्व– लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
दलित जीवनका माया, ज्ञान, विवेक र प्रतिरोधजस्ता बहुआयामिक पक्षलाई उजागर गर्ने र उत्सव मनाउने क्रममा यो पुरस्कारले नेपालको विशिष्ट प्रकारको जातको इतिहासलाई केन्द्रमा राख्दै बहसलाई अगाडि बढाउन कोसिस गरिरहेको संस्थाले बताएको छ।
Shares
प्रतिक्रिया