गायिका मिलन नेवारलाई ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरिने भएको छ।
उनलाई लोकप्रिय गीत ‘फूलबुट्टे सारी’का लागि २०७७ सालको छिन्नलता गीत पुरस्कार प्रदान गर्न लागिएको हो।
गायिका मिलन नेवारले पुरस्कार पाउँने खबरले आफूलाई उत्साहित तुल्याएको बताएकी छिन्। पुरस्कारले आफूलाई अझैं धेरै नेपाली गीत/संगीत प्रति जिम्मेवार बनाएको बताएकी छिन्।
राजनराज शिवाकोटीको शब्द संगीत रहेको ‘फूलबुट्टे सारी’बोलको गीत निक्कै लोकप्रिय भएको थियो। यो गीत विभिन्न भर्सनमा रेकर्ड भएका छन्।
मिलनले यो गीतको महिला भर्सनमा आवाज दिएकी हुन्। पुरस्कार पाउने खबर पछि मिलन भन्छिन् ‘नेपाली सङ्गीत जगतको यती ठुलो सम्मानले गीत सङ्गीत क्षेत्रमा मेरो आझै ठुलो जिम्मेवारी थपिएको महशुस गरेको छु।’
असामबाट नेपाल आएर गायन यात्रा सुरु गरेकी मिलनले थुप्रै आधुनिक गीतका साथै चलचित्रको पाश्र्व गायनमा आवाज दिएकी छिन्। उनले गाएका थुप्रै गीत लोकप्रिय छन्।
Shares

प्रतिक्रिया