ad ad

कला


भारत रंग महोत्सव थिएटरमा दुई नेपाली नाटक मञ्चन हुने

भारत रंग महोत्सव थिएटरमा दुई नेपाली नाटक मञ्चन हुने

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ११:२,

दुईवटा नेपाली नाटक भारतको नयाँ दिल्लीमा सन् २०२० मा हुने भारत रंग महोत्सव थिएटर फेस्टिवलमा मञ्चनका लागि छनोट भएका छन्।

नयाँ दिल्लीमा रहेको नेशनल स्कुल अफ ड्रामामा आयोजना हुने महोत्सवमा ७१ वटा अन्तर्राष्ट्रिय नाटकले मञ्चनको निवेदन दिए पनि केवल १० वटा मात्र छनोट भएका थिए। त्यसमध्ये दुईवटा नेपाली नाटक परेको हो।

दुईमध्ये एउटा ‘कुमारी’ हो भने अर्को ‘द बिस्ट’ रहेको छ। उक्त नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन भएका थिए। कुमारी ‘कुमारी प्रथा’सँग सम्बन्धित नाटक हो। यो नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित रहेको छ।

उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन्। त्यस्तै ‘द बिस्ट’ भने सुशीला आर्ट्स एकेडेमीले उत्पादन गरेको हो। यसको लेखन तथा निर्देशन कविता श्रीवासनले गरेकी हुन्। उक्त एकेडेमी काठमाडौंमा रहेको छ।

चाैधरी फाउन्डेसनले यसमा सहयाेग गरेकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .