NepalKhabar NepalKhabar

कला


कलाकारलाई पनि लाग्यो चुनाव, भन्छन् : हाम्रोलाई होइन राम्रोलाई छानौँ

कुन कलाकार कहाँबाट गर्दैछन मतदान?
कलाकारलाई पनि लाग्यो चुनाव, भन्छन् : हाम्रोलाई होइन राम्रोलाई छानौँ

फाइल तस्बिर


राधिका अधिकारी
बैशाख २९ , काठमाडौँ

पूर्व मिस नेपाल सुगारिका केसी केही दिन अघिबाटै सामाजिक सञ्जालमार्फत मतदातालाई मताधिकार प्रयोग गर्न भनिरहेकी छन्।

५ वर्षमा मात्रै आफ्ना ठाउँको जनप्रतिनिधि चुन्न अवसर आउने हुनाले यो अधिकार प्रयोग गर्नुपर्ने उनको तर्क छ। सुगारिका ललितपुरको धापाखेलबाट मतदान गर्दैछिन्। 

केही साथी पनि उम्मेदवारका रहेकाले पनि यो पटकको निर्वाचन सुगारिकालाई निक्कै रोचक लागिरहेको छ। सुगारिकाले अघिल्लो चुनावमा भन्दा मतदातामा यसपटक अझै धेरै उत्साह देखेकी छन्। भन्छिन्, ‘विशेषतः युवा अनुहारको उम्मेदवारीले पनि मतदातामा उत्साह दिएको पाएकी छु।’

पुराना अभिनेता नीर शाह काठमाडौंको क्षेत्र नम्बर ५ स्थित खड्गभद्रकाली मतदान केन्द्रबाट मतदान गर्दैछन्। 

उनी ५ वर्षमा एकपटक आफ्ना प्रतिनिधि चुन्न पाउने अवसरको सदुपयोग गर्न आग्रह गर्दैछन्। आफ्नालाई जिताएर पछुताउनु भन्दा राम्रालाई चुनेर मतदान गर्न उनले सुझाएका छन्। 

कलाकार तथा निर्देशक दीपाश्री निरौला आफ्नो मताधिकार प्रयोग गर्न विराटनगर पुग्ने छिन्। यसअघिका निर्वाचनमा पनि विराटनगरबाटै मतदान गरेकी दीपा मतदान गर्ने अधिकार प्रयोग गरेमा मात्रै जनप्रतिनिधिले राम्रो काम गरेनन् भनेर प्रश्न गर्ने अधिकार रहने बताउँछिन्।

अर्की अभिनेत्री स्वस्तिमा खड्का यसपटकको निर्वाचनमा पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्दैछिन्।  

काठमाडौंको चण्डोलस्थित मतदान केन्द्रमा पहिलो पटक भोट हाल्न जाने तयारीमा रहेकी स्वस्तिमा निक्कै उत्साहित छिन्। उनलाई राम्रो मान्छेले जितोस् भन्ने लागेको छ। 

आफूजस्तै आधा युवाले निर्वाचनप्रति चासो नराखेको महसुस गरेकी स्वस्तिमा निर्वाचनप्रति युवाको उदासीनतालाई लिएर चिन्तित छिन्। 

अभिनेत्री नम्रता सापकोटा  काठमाडौंको सीतापाइलास्थित मतदान केन्द्रबाट मतदान गर्दैछिन्। नम्रता भने निर्वाचन र मतदानलाई लिएर खासै उत्साहित छैनन्। 

भन्छिन् ‘मतदान गर्नु नियमित प्रक्रिया जस्तै भयो। तर, केही नयाँ होला भन्ने आशाले म आफ्नो अमूल्य मत प्रदान गर्न जाने छु।’ 

गायक हेमन्त शर्माले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाअन्तर्गत भानु माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्। 

स्थानीय निर्वाचन भएकाले मतदाताले पनि आफ्नो टोल, वडा, गाउँ, नगरको अवस्थालाई हरेर प्रतिनिधि चुन्नुपर्ने शर्मा बताउँछन्। 

‘यो स्थानीय चुनाव हो। समग्र देश बनाउने चुनाव फेरि आउँछ, राष्ट्रिय नीति, ठूलाठूला घोषणा पत्र त्यहीबेला हेरौँला’, उनी भन्छन्, ‘अहिले चाहिँ जसले आफ्नो टोल, वडा, गाउँ, नगरको दैनिक जीवनका, स–साना लाग्ने तर महत्वपूर्ण कुरामा सघाउँछ भन्ने विश्वास लाग्छ त्यो उम्मेदवारलाई भोट हाल्नुपर्छ, चाहे पार्टीकै हुन् चाहे स्वतन्त्र। पार्टीका पनि सबै उम्मेदवार खराब नहुन सक्छन्।’
फलानोले जित्दैन होला, जित्नेलाई पो भोट हाल्ने भन्ने मानसिकताबाट धेरै मतदाता गुज्रने गरेको शर्माको बुझाई छ।

‘एक त जित्ने को हो ठ्याक्कै थाहा हुने आधार केही छैन। फेरि अर्कोतिर जित्ने निधो नै छ भने किन भोट दिनु त? अनि ‘अत्यधिक’ मतले जिताउनु भनेको उम्मेदवारलाई निरंकुश बनाउनु मात्र हो’, उनले भने, ‘बरू थोरै मतले जित्नेको मात्तिने सम्भावना कम हुन्छ । मन पर्ने उम्मेदवार हार्ने लागे पनि भोट गर्नुपर्छ। उसले आफ्नो सही अवस्था र हैसियत थाहा पाएर भविष्यमा योजना बनाउन सक्छ।’

शर्माले मतदाताले यस पटकको मतपत्रको नमुना त्यति वैज्ञानिक देखेका छैनन्। त्यसैले मतदातालाई घरमै अभ्यास गरेर मतदानस्थलमा जान पनि उनले सुझाएका छन्। 

बैशाख २९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.