कला


मदनकृष्णको ‘एउटा सपना छ’ बजारमा

मदनकृष्णको ‘एउटा सपना छ’ बजारमा

नेपालखबर
बैशाख २१, २०७९ बुधबार १३:१, काठमाडौँ

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपना छ’बोलको गीत रिलिज गरिएको छ। यो गीत पहिला पुष्पन प्रधानले गाएका हुन्। श्रेष्ठको आवाजमा लेजेन्डरी भर्सनमा गीत सार्वजनिक गरिएको हो।

गीतमा पुष्पनकै शब्द तथा संगीत रहेको छ। लेजेन्डरी भर्सनअघि यो गीतको मेल र फिमेल भर्सन सार्वजनिक भइसकेको छ। 

गीतको लेजेन्डरी भर्सनको मदनकृष्णका साथमा अभिनेत्री आँचल शर्माले अभिनय गरेकी छिन्। भिडियोमा मदनकृष्ण र आँचल हजुरबुवा र नातिनीको भूमिकामा देखिएका छन्।  

सराना श्रेष्ठले निर्देशन गरेको भिडियो हरि हुमागाईले छायांकन तथा सम्पादन गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad