कला


हलिउड फिल्म ‘द ग्रे म्यान’बाट धनुषको ‘फर्स्ट लुक्स’ सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल

हलिउड फिल्म ‘द ग्रे म्यान’बाट धनुषको ‘फर्स्ट लुक्स’ सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १६:२३, काठमाडौँ

साउथका सुपरस्टार धनुषको आगामी हलिउड फिल्म ‘द ग्रे म्यान’को उनको फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। धनुष आफैंले फिल्मको पहिलो लुक्स सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। योसँगै उनले पोस्टमा फिल्मको रिलिज मितिबारे पनि जानकारी दिएका छन्।

३८ वर्षीय धनुषले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘द ग्रे म्यान’ जुलाई २२ मा नेटफ्लिक्समा रिलिज हुनेछ।’

यस तस्बिरमा धनुषलाई एक्सन सिनमा देख्न सकिन्छ। उनको यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ।

नेटफ्लिक्सले पनि फिल्मबाट धनुषको फर्स्ट लुक्स सेयर गरेको छ र क्याप्सन दिएको छ, ‘धनुषको द ग्रे म्यानको पहिलो लुक।’

धनुषको यो तस्बिरमा धेरै फ्यानले कमेन्ट गर्दै यो भारतीय सिनेमाका लागि गर्वको क्षण भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad