कला


विज्ञापन प्रकरण: अक्षयपछि अजयको स्पष्टीकरण

विज्ञापन प्रकरण: अक्षयपछि अजयको स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १८:४१, काठमाडौँ

हिन्दी सिनेमाका तीन ठूला सुपरस्टारको एउटा विज्ञापनले यतिबेला निकै चर्चा पाइरहेको छ। जसमा सँगै देखिएका शाहरुख खान, अजय देवगन र अक्षय कुमारको तारिफभन्दा बढी आलोचना भइरहेको छ। यीमध्ये पनि अक्षय कुमार सबैभन्दा बढी समस्यामा परेका छन्।

ट्रोल गर्नेहरूले उनको पुरानो भिडियोओ सेयर गरिरहेका छन्, जसमा अक्षयले कहिले पान मसालाको विज्ञापन नगर्ने भनेका छन्। यस विषयमा अक्षय कुमारले माफीसमेत मागिसकेका छन् र भविष्यमा यस्ता विज्ञापन नगर्ने प्रतिबद्धता जनाएका छन्। तर पनि आलोचना रोकिने छाँट छैन। 

यसैबीच अजय देवगनले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। 

अजयले एउटा पोर्टललाई दिएको अन्तर्वार्तामा भनेका छन्– कुनै  कुराको विज्ञापन गर्नु व्यक्तिको निजी मामिला हो। हामी आफ्नो निर्णय आफैं लिन सक्ने परिपक्व छौं।’

उनले थपेका छन्, ‘कतिपय उत्पादन हानिकारक हुन्छन् भने कतिपयले हानि गर्दैनन्। मैले अलैंचीको विज्ञापन गरेको हुँ। नोक्सान हुने कुरा बेच्न हुँदैन।’

यो पनिजुन विज्ञापनका कारण अक्षय कुमारले माफी माग्नुपर्‍यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad