कला


जुन विज्ञापनका कारण अक्षय कुमारले माफी माग्नुपर्‍यो

जुन विज्ञापनका कारण अक्षय कुमारले माफी माग्नुपर्‍यो

नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १७:०, काठमाडौँ

‘विमल इलाइची’को विज्ञापनका विषयमा सामाजिक सञ्जालमा ट्रोल भएपछि बलिउड अभिनेता अक्षय कुमारले माफी मागेका छन्। यो विज्ञापनमा उनी शाहरुख खान र अजय देवगनसँग देखिएका छन्। 

बुधबार अबेर राति ट्विटरमा पोस्ट गर्दै उनले आफ्ना फ्यानहरूलाई यो विज्ञापनबाट आफू पछि हटेको र यसबाट प्राप्त रकम कुनै राम्रो काममा दान गर्ने बताएका छन्। 

अक्षय कुमारले सम्झौता भएको बेलासम्म ब्रान्डले विज्ञापनको प्रवर्धन गरिरहने तर आफू यस विज्ञापनबाट टाढै रहेको बताएका छन्। 

उनले आगामी दिनमा विज्ञापन छनोट गर्दा सावधानी अपनाउने पनि प्रतिबद्धता जनाएका छन्। 

अक्षय कुमार फिल्म उद्योगका एक यस्ता अभिनेता हुन्, जसले आफ्नो फिटनेसको विशेष ख्याल राख्छन् र समय समयमा स्वस्थ जीवन जिउने टिप्स पनि दिन्छन्।

विमल इलायचीको विज्ञापन बाहिर आएपछि मानिसले यसलाई गुटखा र सुर्तीसँग जोडे।

मानिसहरूले ट्विटरमा उनको पुरानो भनाइ सेयर गर्न थाले, जसमा उनी भन्छन्, ‘मलाई धेरै ठूला गुटखा कम्पनीहरूबाट ठूलो रकमका साथ विज्ञापनमा खेल्न अफर आउँछन्, तर म स्वस्थ भारतका लागि त्यस्ताे गलत काम गर्दिनँ।’

अजय देवगन र शाहरुख खान यसअघि ‘विमल इलाइची’को विज्ञापनमा देखिइसकेका छन्। यसपटक ‘मिस्टर खिलाडी’ अक्षय कुमारको इन्ट्री भयो। तर मानिसहरूलाई यो कुरा मन परेन र उनीहरूले सोसल मिडियामा विरोध गर्न थाले,  त्यसपछि उनले माफी मागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad