कला


केजीएफ-२ प्रदर्शनमा आउनै लाग्दा विदेशी चलचित्रमा कडाइ गर्न माग

केजीएफ-२ प्रदर्शनमा आउनै लाग्दा विदेशी चलचित्रमा कडाइ गर्न माग

नेपालखबर
चैत २८, २०७८ सोमबार १२:२५, काठमाडौँ

पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरुले नेपाली हलहरुमा एकछत्र राज गरिरहेका बेला नेपाली निर्माताहरुले चलचित्र विकास बोर्डसँग गुहार मागेका छन्। 

नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले बोर्डका अध्यक्ष दयाराम दाहाललाई आइतवार भेटेर विदेशी चलचित्रमा कडाइ गर्न मागसहित ज्ञापनपत्रु बझाएका हुन्। 

९ बुँदै मागपत्र बुझाउँदै निर्माता शोभित बस्नेतसहितले ९ बुँदे ज्ञापनत्र दाहाललाई बुझाएका हुन्। 

निर्माता, निर्देशक र प्राविधिकसहित करिब एक सयजनाको हस्ताक्षरसहित उनीहरुले विदेश चलचित्रमाथि कडाइ गर्न अध्यक्ष दाहालसँग आग्रह गरेका हुन्। 

उनीहरुले फिल्म विधेयक २०७७ संसदबाट अनुमोदन गरेर चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने माग गरेका छन्। 

राष्ट्रिय चलचित्र नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय चलचित्र नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने पनि माग गरिएको बस्नेतले बताए। 

उनीहरुले विदेशी चलचित्रलाई नेपालमा प्रदर्शन गर्दा कोटा प्रणाली नियम, विदेशी र नेपाली भाषामा डबिङ गरी फिल्म रिलिज गर्ने नीतिगत निर्णय रोक्ने नियम, विदेशी चलचित्रको भन्सार १५ प्रतिशत बनाउनुपर्ने माग गरेका छन्। 

बस्नेतका अनुसार विदेशी चलचित्र प्रदर्शनलाई प्राथमिकतामा दिने गरी चलाइएका हलको छुट पनि खारेज गर्न माग गरिएकोछ। 

ज्ञापनपत्रमा विदेशी चलचित्रको सेन्सरमा कडाइ, नेपाली मौलिक कथामा बनेका चलचित्र प्रदर्शनमा विशेष व्यवस्था गर्न पनि भनिएको छ।

बस्नेतले नेपाली चलचित्रकर्मीहरुमा एकता नदिएको भन्दै आक्रोश पोखेका छन्। 

'जती नै फुर्ती गरे पनि नेपाली चलचित्रकर्मीहरुमा एकता देखिएन। कसरी हुन्छ नेपाली फिल्मलाई नै सक्नतिर लागेर। पृथ्वी गोलो छ एकदिन सबैको पालो आउछ भन्ने कुरा कहिले बुझ्न सकेनन', उनले भनेका छन्, 'अहिले आरआरआर, केजीएफ २ आयो होला। भोलि आरआरआर २, केजीएफ ३ आउँछ भन्ने कुरा बिर्सिएका छन्।'

 उनले नेपाली चलचित्रकर्मीलाई हिन्दी, दक्षिण भारतीय फिल्मलाई नभइ आफ्नै नेपाली चलचित्रलाई साथ दिन पनि भनेका छन्। 

'भोलि तपाईंको फिल्मको पनि यस्तै दिन आउन सक्छ। त्यो बेला मिडिया र सामाजिक सञ्जालमा रुन पाइँदैन नि', उनले भनेका छन्, 'अहिले तपाईँ ताली बजाउँदै हुनुहुन्छ। भोलि तपाईंको लागी ताली बजाउन धेरै जना कुरेर बसेका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad