कला


भावुक हुँदै दुर्गेशले भने: मेरो छोराको कसम ! पल जेल जाँदा मेरो आँशु झरेको छ

भावुक हुँदै दुर्गेशले भने: मेरो छोराको कसम ! पल जेल जाँदा मेरो आँशु झरेको छ

फाइल तस्बिर : दुर्गेश थापा र पल शाह


नेपालखबर
चैत २७, २०७८ आइतबार १३:४१, काठमाडौँ

गायक तथा कलाकार दुर्गेश थापाले अभिनेता पल शाहलाई फसाउन आफूले षड्यन्त्र गरेको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्। 

नायक पल शाह एक जना नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेयता दुर्गेश थापाले पहिलोपटक मिडियालाई अन्तर्वार्ता दिएका हुन्। 

उनले आर्टिस्ट खबरसँग कुरा गर्दै आफूले पलविरुद्ध कुनै जालसाँझी नगरेको बरु उनलाई ज्यादै माया गर्ने मान्छे भएको जिकिर गरेका छन्। 

बाहिर आफ्नो र पलको दुश्मनीबारे जेजस्ता हल्ला चलेका भए पनि अहिले पनि आफूहरूबीच कुराकानी भइरहेको दाबी दुर्गेशले गरेका छन्। 

‘अहिले पनि ऊसँग कुरा हुन्छ, उसले मलाई सम्झाउँछ, मैले उसलाई सम्झाउँछु। म उसलाई के नै भन्न सक्छु र– नआत्तेऊ, सब कुरा ठीक हुन्छ, ढिलोचाँडो हो’, दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘उसले पनि मलाई सम्झाउँछ, बीचमा मिस-अन्डरस्ट्यान्डिङ भएर सबै यस्तो भयो। ल तिमी पनि नआत्तेऊ, सबै ठीक हुन्छ भन्ने कुरा हुन्छ।’

उनले पलसँग मात्र होइन, उनको परिवारसँग समेत आफ्नो कुरा भइरहेको दाबी गरेका छन्। 

‘पलसँग मात्र होइन फ्याम्लीसँग पनि कुरा हुन्छ। उहाँको एउटा छोरा हो, उहाँलाई सम्झाउँछु’, उनले भनेका छन्। 

पललाई फसाएर वा मारेर आफूले के पाउने हाे र भन्दै दुर्गेशले बरु पल जेल जाँदा आफू रोएको दाबी गरेका छन्। 

निकै भावुक मुद्रामा प्रस्तुत भएका दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘होइन पललाई मारेर, फसाएर मलाई मिल्छ के? भगवान् कसम! मेरो छोराको कसम! पल जेल जाँदा, पललाई हत्कडी लाउँदा मेरो आँशु झरेको छ। म यति माया गर्ने मान्छे हो पललाई।’

उनले अहिले पनि आफ्नाबारे छानबिन गर्न चुनौती दिँदै षड्यन्त्र प्रमाणित भए अहिले पनि जेल जान तयार रहेको बताएका छन्। 

‘मेरो दोष भएको भए अहिले पनि लैजानुस्। म जान तयार छु। छानबिन गरियोस्, म षड्यन्त्रकारी हो भने मलाई लैजानुस्। म रेडी छु’, उनले भनेका छन्, ‘एउटा साथीलाई मैले मार्नै लागेको रहेछ, षड्यन्त्र गरेको रहेछ भने मेरो फोनदेखि कल डिटेल सबै चेक गर्नुस्, म अझै जान तयार छु।’  

हाल पल शाह पुर्पक्षका लागि तनहुँ जिल्ला कारागरमा छन्। मुद्दा अदालतमा विचाराधीन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad