कला


फेरि एकपटक चर्चामा सनी लियोनी

फेरि एकपटक चर्चामा सनी लियोनी

‘ओ माई घोस्ट’को फर्स्ट लुक। तस्बिर : इन्स्टाग्राम


नेपालखबर
चैत २४, २०७८ बिहिबार १८:८, काठमाडौँ

बलिउड अभिनेत्री सनी लियोनी प्रायः आफ्ना फिल्म वा सामाजिक सञ्जालमा पोस्टका कारण चर्चामा रहने गर्छिन्। उनी हरेक दिन आफ्ना फ्यानसँगका तस्बिर र भिडिओ सेयर गरिरहेकी हुन्छिन्। 

यही क्रममा अभिनेत्री सनी लियोनी एकपटक फेरि सामाजिक सञ्जालमा चर्चामा छिन्  वास्तवमा सन्नीको बहुप्रतिक्षित फिल्म ओएमजी अर्थात् ‘ओ माई घोस्ट’ फर्स्ट लुक सार्वजनिक भएको छ। साउथ अभिनेता दलपति विजयले सनी लियोनीको फिल्मको यो पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका हुन्। 

फिल्मको फर्स्ट लुकमा सनी लियोनीको निडर र बोल्ड स्टाइल प्रस्ट देखिन्छ। पोस्टरमा अभिनेत्री निडर स्टाइलमा हातमा छुरा समातेको देख्न सकिन्छ। आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा फिल्मको पोस्टर सेयर गर्दै अभिनेता विजयले फिल्मको सम्पूर्ण टिमलाई बधाई पनि दिएका छन्। पोस् सेयर गर्दै उनले क्याप्सनमा लेखेका छन्, ‘सनी लियोनीको फिल्म ओ माई घोस्टको फर्स्ट लुक सेयर गर्न पाउँदा खुसी लागेको छ। बधाई छ सम्पूर्ण टिमलाई।

अभिनेत्रीले सनीले पनि आफ्नो फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पोस्टर सेयर गर्दै सनीले क्याप्सन लेखेकी छिन्, ‘हरेक रानीको इतिहास हुन्छ तर उनी रहस्यकी रानी हुन्।’ वास्तवमा, सनी लियोनी यस फिल्ममा रानीको भूमिका निभाउनेछिन्, जसमा ठूलो रहस्य जोडिएको छ।

फिल्म ओएमजी एक तमिल हरर कमेडी फिल्म हो, जसमा युवान निर्देशक छन्।। फिल्ममा सनी लियोनीको भूमिकाबारे जानकारी दिँदै हालै फिल्मका निर्देशकले सनी फिल्ममा नायक र खलनायक दुवै रहेको बताएका थिए। चलचित्रमा अभिनेत्री सनीका दुई रूप देखिनेछ। फिल्मको धेरैजसो सुटिङ मुम्बईमा भएको छ। फिल्ममा सनी लियोनसँगै कमेडियन सतीश, योगी बाबु, सञ्जना, दृष्टा गुप्ता र तिलक रमेशले पनि अभिनय गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad