कला


‘षट्कोण’मा पत्रकार कर्मा

‘षट्कोण’मा पत्रकार कर्मा

नेपालखबर
चैत २४, २०७८ बिहिबार ११:१९, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ।

कर्मा र भोलाराज सापकोटाले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण भएको चलचित्र हो। 

सार्वजनिक टिजरमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बुलाई प्रस्तुत गरिएको छ।

मिलन डी काप्रीले निर्देशन गरेको ‘षट्कोण’ आगामी वैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा छ। 

चलचित्रमा पत्रकारको भूमिकामा देखिएका कर्माले एक हत्याको घटनाको यथार्थ पत्ता लगाउन गर्ने खोज रिपोर्टिङ वरपर फिल्मको कथा घुमेको देखिन्छ। 

कोरोनाका कारण निर्माण भएको लामो समयसम्म पनि प्रदर्शन हुन नसको फिल्म प्रदर्शनको प्रचारमा फिल्म निर्माण टिम लागेको छ।

भिडिओ- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad