कला


डिभोर्स गरेका ऋतिक रोशन र सुजैन खान: गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड देखाउने होडबाजी (भिडिओ)

डिभोर्स गरेका ऋतिक रोशन र सुजैन खान: गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड देखाउने होडबाजी (भिडिओ)

मुम्बई एयरपोर्टमा प्रेमी अर्सलान गोनीसँग सुजैन खान (बायाँ) र उनका पूर्वपति ऋतिक रोशन प्रेमिका सबा आजादसँग। तस्बिर : दैनिक भास्कर


नेपालखबर
चैत २३, २०७८ बुधबार १६:१०, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानबीच जोडीसँग हिँड्ने होडबाजीझैं देखिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार केही घण्टाको फरकमा दुवै जना आआफ्ना केटी साथी र केटा साथीका साथमा मुम्बई एयरपोर्टमा देखिएका हुन्। इन्टेरियर डिजाइनर सुजैन खान र उनका  प्रेमी अर्सलान गोनी एकअर्काको हात समाएर मुम्बई एयरपोर्टबाट बाहिरिएका हुन्।

यसको यसको केही घण्टाअघि मात्र उनका पूर्व पति अभिनेता ऋतिक रोशन पनि आफ्नी प्रेमिका सबा आजादसँग त्यहीँ देखिएका थिए। यी दुवै जोडी गोवाबाट सुजैनको रेस्टुरेन्टको उद्घाटन पार्टीबाट फर्किरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

सुजेन र अर्सलान सँगै देखिए
भाइरल भिडिओमा सुजैन र अर्सलान एयरपोर्टको पार्किङ एरियामा देखिएका छन्। गाडीमा नपुग्दासम्म उनीहरूले एकअर्काको हात छाडेका छैनन्। भिडिओमा सुजैन आफ्ना मुस्कुराउँदै हिँडिरहेको देखिन्छ। 

सुजैनको रेस्टुरेन्ट उद्घाटनमा सहभागी सेलिब्रेटीहरू
ऋतिक, सबा आजाद, सुजैन खान र अर्सलान गोनी गोवामा सुजैनको रेस्टुरेन्ट ओपनिङ पार्टीमा सहभागी भएका हुन्। उक्त पार्टीमा उनीहरूका अलावा पूजा बेदी, मानेक कन्ट्र्याक्टर, फराह खान अली, डीजे अकिल, जायद खान, निर्देशक अभिषेक कपुर, अनुष्का रञ्जनलगायतका धेरै जना उपस्थित थिए।

भिडिओ हेर्न यहाँ क्लिक गर्नु होला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad