विश्वभर प्रतीक्षा गरिएको टम क्रुज अभिनित हलिउड फिल्म ‘टपगनः माभेरिक’को ट्रेलर सार्वजनिक भएको छ।
जसमा उनी अमेरिकी नेभी सेनाको एक पाइलटको भूमिकामा देखिएका छन्।
फिल्ममा क्रुज चर्चित विमान चालक (क्याप्टेन) पिटीको भूमिकामा छन्। ‘टपगनः माभेरिक’ सन् १९८६ को हिट फिल्म ‘टपगन’को सिक्वेल हो। जुन प्यारामाउन्ट पिक्चर्सले निर्माण गरेको हो। ट्रेलरमा थ्रिलर, एक्सन र ड्रामा समावेश छन्।
फिल्ममा क्रुजसँगै जेनिफर कोनेली, लेविस पुलम्यान, चाल्र्स पार्नेललगायत कलाकार छन्। नेपालमा पनि यो फिल्म आगामी मे २७ अर्थात् जेठ १३ गते प्रदर्शन गर्ने तयारी छ।
हेर्नुहोस्, ट्रेलर
126
Shares

प्रतिक्रिया