अभिनेता अनमोल केसी आफ्नो पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’को प्रमोसनका लागि माइती नेपाल पुगेका छन्।
अनमोल र सुहाना थापाको शीर्ष भूमिका रहेको यो फिल्म आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउँदै छ। यही मितिमा साउथ इन्डियन फिल्म ‘केजीएफ २’ पनि रिलिज हुँदैछ।
केजीएफलाई दर्शकले उत्साहका साथ कुरेकाले पनि अनमोल आफ्नो फिल्मको प्रचारमा गम्भीरताका साथ लागेका छन्।
फिल्म प्रचारकै क्रममा माइती नेपाल पुगेका अनमोल त्यहाँका बालबालिकासँग निक्कै रमाएका थिए। उनीसँगको भेटमा माइती नेपालका बालबालिकाले फिल्मको गीत समेत गाएर सुनाएका थिए।
माइती नेपालमा पुगेर उनले अनुराधा कोइरालासँग भेटेका छन्। अनमोलसँग उनका पिता भुवन केसी पनि माइती नेपाल पुगेका थिए। त्यहाँ उनीहरुले ‘ऐ मेरो हजुर ४’का विषयमा बालबालिकासँग कुरा गरेका छन्।
झराना थापाले निर्देशन गरेको यो फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेतले पनि शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया