गायिका समीक्षा अधिकारीको नयाँ गीत बजारमा आएको छ। उनको स्वर रहेको ‘हाँगाको फूल...’बोलको गीत बजारमा आएको हो।
सार्वजनिक गीत दिनेशराज पुरीले लेखेका हुन्। गीतमा नविन कार्कीको संगीत सुन्न सकिन्छ।
सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। प्रेम वियोगको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा बिना राउत र विक्रम बुढाथोकीले अभिनय गरेका छन्।
विक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन्। भिडियो सम्पादन मिलन विकले गरेका छन्।
भिडिओ-
66
Shares

प्रतिक्रिया