समाज


इस्लामिक स्टेटको पढाइ: एक ट्यांक+एक ट्यांक=२ ट्यांक

इस्लामिक स्टेटको पढाइ: एक ट्यांक+एक ट्यांक=२ ट्यांक

मोहम्मद तफिक
मंसिर ४, २०७६ बुधबार १२:५२,

इराकी सैन्य गुप्तचर मुख्यालयको दुई तलामुनि एउटा संग्रहालय छ। रातो कार्पेट बिछ्याइएको लामो प्यासेजको अन्तिममा दुईवटा ढोका उघारेपछि संग्रहालयभित्र पुगिन्छ।

त्यो चिसो संग्रहालय डर र त्रासको प्रतीक मानिन्छ।

यो इराकको रक्तपातपूर्ण इतिहासको यो सबैभन्दा अँध्यारो अध्यायको प्रमाण हो। यो इराक र सिरियामा इस्लामिक राज्य स्थापनाको सपना देख्ने इस्लामिक स्टेट कति खतरनाक थियो भन्ने पनि कुराको चेतावनी पनि हो।

आईएसले कसरी त्यस क्षेत्रका गैरमुस्लिम संस्कृतिलाई ध्वस्त बनाउँदै तिनको इतिहास नै विलीन बनाउने प्रयत्न गरेको थियो, त्यो अनुभव ब्युँत्याउने माध्यम पनि हो यो संग्रहालय।

उनीहरुले गैरमुस्लिमका सांस्कृतिक धरोहरमा बम पड्काए र हजारौँ वर्ष पुराना पुरातात्विक क्षेत्र नष्ट पारे।

आईएसको उदेकलाग्दो क्रुरता, जसलाई उनीहरु ‘बर्बर व्यवस्थापन’ भन्न रुचाउँछन्, का दृश्य इन्टरनेटमा पोस्ट भए। इतिहासमा रेकर्ड भए। ती दृश्यले विश्वलाई असामान्य रुपमा मोहित तुल्यायो।

यसले के देखाउँछ भने इस्लामिक स्टेटको नियन्त्रणमा रहेका क्षेत्रमा उनीहरुको आदेश कसैले उल्लंघन गर्न सक्दैनथ्यो।

आईएसको विशाल पहुँच थियो। उनीहरुले नियन्त्रणमा लिएका क्षेत्र बेलायतजत्तिकै ठूलो थियो। जहाँ एक करोड २० लाख मानिस बस्थे।

ती सबै विषय यो सानो संग्रहालयमा अटाएका छन्।

नाजीहरुको जस्तै पागलपन झल्काउने दस्तावेजहरुले यहाँ आउनेलाई असन्तुलित बनाउँछ।

संग्रहालयमा किताब छन्। गणित पढाउने किताबमा एके ४७, ट्यांक, स्नाइपर जस्ता खतरनाक हतियारका तस्बिर देखिन्छन्।

आईएसले बालबालिकालाई आफ्नै शैलीमा पढाउँथ्यो। एक ट्यांक जोड एक ट्यांक बराबर २ ट्यांक भनेर शिक्षा दिइन्थ्यो।

वास्तविक संसारबारे थाहा नहुँदा उनीहरु यही गलत धारणालाई अबलम्बन गर्न बाध्य थिए। यसरी नै उनीहरु प्रत्येक वर्ष विद्यालयबाट उत्तीर्ण हुन्थे।

75594418_440723306632273_2838484748521701376_n.jpg

यी चित्रहरुले मलाई आफ्नो बाल्यकालको सम्झना गरायो। त्यतिबेला सद्दाम हुसेन इराकका राष्ट्रपति थिए।

प्रत्येक दिन कक्षा सुरु हुनपूर्व बालबालिकालाई ‘लामो समय बाँच सद्दाम’को नारा लगाउन लगाइन्थ्यो। हामीलाई उनी सँधै ठिक छन् भन्ने पढाइन्थ्यो।

सद्दाम अरब क्षेत्रका उद्धारकर्ता भएको दाबी पुस्तकमा गरिएको हुन्थ्यो। उनी र उनको बाथ पार्टीको गुनगान गाइन्थ्यो।

आईएसजस्तै सद्दाम आफूले बनाएको नियमहरुमा बालबालिकालाई बेवास्ता गर्थे। दुवैको रणनीति पनि ठ्याक्कै एकजस्तो। वास्तवमा आईएसका नेताहरु जीवनमा एकपटक सद्दामप्रति वफादार थिए।

आईएसले इराकमा त्योभन्दा निकै उच्च स्तरको डर पैदा गर्‍यो, जसलाई बिर्सन सजिलो छैन।

तिनले आफूलाई इस्लामको धार्मिक–राजनीतिक उत्तराधिकारी भन्न रुचाउँथे। आफ्नै मुद्रा बनाएका थिए। आफ्नै सवारीचालक अनुमतिपत्र छापेका थिए। नयाँ राहदानी बनाउने प्रयास पनि थालेका थिए।

दुनियाँले बेवास्ता गरेको संसार थियो आईएसले कब्जा गरेको क्षेत्र। त्यहाँका नागरिक अन्यत्र भ्रमण गर्न पाउँदैनथे। रगत, त्रास र यौनदासीबाट निर्माण भएको थियो त्यो राज्य।

 संग्रहालयमा ‘यौन जिहाद’ शीर्षकमा एउटा प्रदर्शनी राखिएको छ। जसमा एक पुरुष स्वयंसेवकले एक महिलासँग यौनसम्बन्ध राख्ने चाहना व्यक्त गर्दै लेखेको एक प्रति दस्तावेज छ। ती महिला या त यौन दासी हुन् या आईएसका उत्तराधिकारीलाई आफ्नो शरीर समर्पित गर्न चाहन्छिन्।

78037377_2432547703662315_936724949849079808_n.jpg

ती दस्तावेजहरुलाई इराकी गुप्तचरले बगदादमा सुरक्षित राखेका छन्। जसबाट आईएसको आपराधिक मानसिकता बुझ्न सकिन्छ।

यो निकै गोप्य संग्रहालय हो। जहाँ सीएनएनले मात्र प्रवेश अनुमति पाएको छ।

आईएस कार्यकर्ताले युवाहरुलाई अनलाइनमा बोलाउँथे अनि सामाजिक सन्जालमा भिडियो पोस्ट गर्थे। ती भिडियोमा धेरै विदेशी लडाकू आईएसमा आवद्ध हुन आएको कुरा उनीहरु सुनाउँथे।

त्यसबेला धेरै मुस्लिम पुरुष र महिलाहरू निरास थिए। तिनलाई टाढाको देशमा धर्मको ज्ञान र मानसम्मानको चाहले लोभ्याउँथ्यो।

विशेषगरी किशोरहरुलाई धर्मको नाममा असीमित हिंसाको निर्देशन दिएर नियमित तलबको साथ मध्यपूर्वतिर आकर्षित गरिएको थियो।

किशोर लडाकुलाई आईएसले कसरी इस्लामको प्रथम पाठ पढाएको थियो, बरामद भएका फाइलले स्पष्टसँग देखाउँछन्।

संग्रहालयका तस्बिर र भिडियोहरुले व्याख्या गर्छन्, धर्मको नाममा कसरी घृणित अपराध, हत्या र बलात्कार गर्न तिनीहरु स्वतन्त्र थिए।

गुप्तचर अधिकारीहरुका अनुसार उनीहरुले पुरातात्विक धरोहर र तेलको तस्करी गरेर विशाल धन सञ्चित गरेका थिए।

त्यहाँ राखिएको एक ब्यानरमा अरबी र अंग्रेजी भाषामा भनिएको छ, ‘आईएस आतंकवादी समूहको अपराध बिर्सनु हुँदैन।’

त्यस्तै त्यहाँ आईएस लडाकुका पुतला पनि देख्न सकिन्छ। ती पुतलाले आईएस झण्डा उल्टो समातेका छन्।

यो चाहिँ हामीले अँध्यारो शक्तिबाट देश फिर्ता पायौं भन्ने संकेत हो।
–सीएनएनबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad