रङ्ग हरुको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरूले विशेष चित्रकला कार्यशाला आयोजना गरि फागु पर्व मनाएका छन्।
होली पनि भनिने फागुमा रंगमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ। तर, कलाकारहरुले उक्त रङ्ग साटासाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका हुन्।
विशेष चित्रकला कार्यशाला कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के कर्माचार्यले विभिन्न फरक फरक विधाका कलाकारहरुले रङ्गले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताए।
उनले नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नु पर्ने बताए। नित्य विधालाई रंगकर्मी नभएर मञ्चकर्मी भन्न मिल्ने कर्माचार्यको भनाई छ।
उनले भने, ‘रङ्गकर्मी भनेको हामीले नित्यसँग सम्बन्धित भन्छौं। रङ्गकर्मी भनेर ललितकलाकर्मीलाई भन्नुपर्छ। जुन नित्य क्षेत्रका कलाकर्मीहरुलाई मञ्चकर्मी भन्न सुहाउँछ। आज कलाकारहरुले रङलाई खेलेर विभिन्न कलाकृतिहरुको सृजना गर्नु भयो। त्यसले होली मनाउने परम्परा छ। फरक ढङ्गले मनाएको महशुस भयो। आज जसरी हामीले अगाडि बढायौं। आगामी दिनमा अझ ननप्रोफेसलन कलाकारहरुलाई बढी सहभागी गराएर माहोल कलामय बनाउन सकिने देखेँ मैले। चित्रकार भएकाले गाउँकलामय, देशै कलामय होस् भन्ने चाहना हाम्रो रहेको छ।’
कर्माचार्यले होलीलाई रङ्गसँग झुमेर मात्रै नभएर रङ्गकै कलाकृति बनाएर पनि मनाउन सकिन्छ भन्ने उदाहरण भएको बताए। उनले रङ्ग दलेर मनाउने फागु पर्व फरक ढङ्गले पनि मनाउन सकिने बताए।
त्यस्तै, वरिष्ठ साहित्कार डा. राम प्रसाद ज्ञवालीले आफूले पहिलो पटक चित्र बनाउँदा रोमाञ्चक अनुभव गरेकोे बताए। उनले चित्र बनाउँदै गर्दा एउटा कलाकारले मनोरञ्जनका लागि मात्रै कला प्रस्तुत गर्ने होला की कलाले समाज परिर्वतनको लागि भूमिका खेल्न सक्लाकी नसक्ला भन्ने भावना मनमा लागेको बताए।
त्यस्तै, स्पेक्ट्रम कला संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठले विगत आठ वर्षदेखि काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लाहरुमा कार्यशाला गदै आएको बताए।
स्पेक्ट्रम कला संस्थाले फागु पर्व जस्तै विभिन्न पर्व अवसरमा फरक विधाका कलाकार सहित चित्रकला कार्यशाला गर्ने बताएको छ।
Shares

प्रतिक्रिया