प्रकाश सपुतको भर्खरै सार्वजनिक म्युजिक भिडिओ ‘पिर’प्रति सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूले आपत्ति जनाएका छन्।
माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ।
जसमा एक महिला छापामार गरिबीका कारण देह व्यापारमा संलग्न भएको दृश्य छ। यसले मुक्तिका लागि लडेका योद्धा महिलाको अपमान गरेको भन्दै एकपपिछ अर्का माओवादी नेताले युट्युबबाट त्यस गीतको भिडिओ तत्काल हटाउन माग गरेका हुन्।
माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिाखा’ले पीर गीतको विरोध गरेका हुन्।
‘माओवादी जनयुद्द्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्–( त्यो आपत्तिजनक मात्रै होइन दण्डनिय छ’, दीपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सर्जक सपुतलाई प्रश्न पनि गरेका छन्– अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’
ती महिलाले नलडेको भए आज सपुतहरूले स्वतन्त्र रूपमा गीत गाउन नपाउने कुरा दीपशिाखाले स्मरण गराएका छन्।
Shares

प्रतिक्रिया