कला


सुरक्षा पन्तको बुलाकी लुक्स

सुरक्षा पन्तको बुलाकी लुक्स

नेपालखबर
फागुन २६, २०७८ बिहिबार १०:५६, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘बुलाकी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।

लक्ष्मण सुनारले निर्देशकन गरेको चलचित्रको पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ।

सुरक्षा चलचित्रको पोस्टरमा कर्णालीका महिलाको भेषभूषामा देखिएकी छिन्।

चलचित्र ‘बुलाकी’ मार्फत निर्देशक सुनारले कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेट्ने प्रयास गरेका छन्। यो चलचित्रमा टोपेन्द्र बिष्टले लगानी गरेका हुन्। स्व. मोति बिष्टको प्रस्तुति रहेको चलचित्रमा डोल्पा, जाजरकोट र रुकुमका दृष्य समावेश गरिएको छ।

‘बुलाकी’मा सुरक्षाका साथमा नरेन खड्का, अभिनेता विराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियार लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad