कला


नेपाली ढाकाटोपीमा अमिताभ बच्चन

नेपाली ढाकाटोपीमा अमिताभ बच्चन

नेपालखबर
फागुन २३, २०७८ सोमबार १५:४१, काठमाडौँ

बलिउड अभिनेता अमिताभ बच्चन नेपाली ढाकाटोपीमा सजिएका छन्।

चलचित्र ‘उचाइ’सुटिङका क्रममा अमिताभले नेपाली ढाकाटोपी लगाएका हुन्। नेपालमा केही दृष्य छायांकन भएको यो चलचित्रको अहिले नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा छायांकन भइरहेको छ।

केही महिना पहिले नेपालमा छायांकन भएको यो चलचित्रको सुटिङमा अमिताभ नेपाल आउन पाएनन्। उनी स्वास्थ्य अवस्थाका कारण नेपाल आउन नपाएका हुन्।

फिल्म छायांकनका क्रममा ढाकाटोपी लगाएका उनले इन्स्टाग्राममा उक्त तस्बिर सार्वजनिक गरेका छन्। इन्स्टाग्राममा अमिताभले नृत्य गर्न लागेको तस्बिर सार्वजनिक गरेका हुन्। 

सुरज वर्जत्यको निर्देशनमा छायांकन भैरहेको चलचित्र ‘उचाइ’मा अनुपम खेर, बोमन इरानी लगायत कलाकारले अभिनय गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad