कुरा काट्ने मान्छेले कार्टुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत बजाई देउको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक पुरीकै शब्द सृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ मास्टरिङ रहेको गीत अछामका रमणीय स्थानमा छायांकन गरिएको हो ।
जसमा वैँसालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा मोडल जेबी चिरन चिरञ्जीवी सापकोटा र अञ्जना राउत गज्जबसँग खुलेका छन् । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरव गिरीले निर्देशन गरेका हुन् ।
काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदूरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडियोको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन्।
भिडिओ-
Shares

प्रतिक्रिया