महाशिवरात्रि पर्व नजिकिएसँगै अभिनेत्री सञ्चिता लुईंटेल पशुपति क्षेत्रमा भेटिएकी छिन्।
सञ्चिता महाशिवरात्रिको अघिल्लो दिन पशुपति पुगेर पशुपति सरसफाईमा सरिक भएकी छिन्।
पशुपतिमा झाडु लगाउँदै गरेका तस्बिर सार्वजनिक गर्दै उनले आफू सरसफाईमा सरिक भएको जानकारी दिएकी हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘जय पशुपतिनाथ! आज पशुपतिनाथ सफाइ अभियानमा सहभागी हुने मौका पायौं।’
उनले अगाडी लेखेकी छिन्, ‘शिवरात्रिको पूर्व तयारीमा निरन्तर पशुपती सफाई अभियान संचालन भैरहेको रहेछ म पनी आज सहभागी हुने अवसर पाए । जय सफाइ अभियान ।’
मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न तयारी भइरहेका छन्।
45
Shares

प्रतिक्रिया