कला


पक्राउ परे पल शाह

पक्राउ परे पल शाह

नेपालखबर
फागुन १५, २०७८ आइतबार १२:२५, काठमाडौँ

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता एवम् मोडल पल शाह पक्राउ परेका छन्।

अभिनेता शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो। 

उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले नेपालखबरलाई बताएका छन्। 

नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिका बलात्कार आरोपमा जाहेरी दर्ता गराएकी थिइन्। 

गत बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो। तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं पुगेका हुन्। 

पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो। 

थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad