कला


विष्णुप्रसाद शर्माको यात्राले जन्माएको ‘जर्नी टु तिब्बत’ बजारमा

विष्णुप्रसाद शर्माको यात्राले जन्माएको ‘जर्नी टु तिब्बत’ बजारमा

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १४:४, काठमाडौँ

सञ्चारविज्ञ एवम् नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीको कृति ‘तिब्बत यात्रा’ अंग्रेजी भाषामा अनुदित भएको छ । प्रकाशक बुक्स हिमालयले बिहीबार ठमेलस्थित काठमाडौं गेष्ट हाउसको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा अंग्रेजी भाषामा अनुवाद गरिएको उक्त कृति ‘जर्नी टु तिब्बत’ लोकापर्ण गरिएको छ। 

तिब्बतको प्रकृति, संस्कृति र जीवनशैलीका साथै भोटको जीवन दर्शनसमेत झल्काइएको उक्त कृतिले अंग्रेजी पाठकहरूमाझ पनि लोकप्रियता कमाउनेमा लेखक तथा प्रकाशक दुवै आशावादी छन् ।  

कार्यक्रममा वरिष्ठ सञ्चारविज्ञ प्रा. रामकृष्ण रेग्मी, पत्रकारहरू श्रीराम सिंह बस्न्यात र प्रमोद पधानका साथै साहित्यकार छविरमण सिलवाल र प्रकाशक पवन शाक्यले  संयुक्तरुपमा पुस्तक  विमोचन गरेका थिए । 

लोकापर्ण कार्यक्रमका प्रमुख अतिथि सञ्चारविज्ञ रेग्मीकाले पदयात्राको इच्छा जगाइदिने खालको कृति प्रकाशित भएको धारणा व्यक्त गरे । कार्यक्रममा बोल्दै सञ्चारविज्ञ रेग्मीकाले भने, ‘यस प्रकारका पुस्तक पठ्यक्रममा राख्न सकेमा युवा मस्तिष्कमा सकारात्मक धारणा र नेपाली संस्कृतिप्रति चाख बढ्ने छ साथै युवा पुस्तामा पठनीय संस्कृतिको विकास हुने हुँदा अब यस प्रकारका पुस्तकहरू पढाएर पठन संस्कृति बढाउनु पर्छ।’ 

सबै पुस्तक नियात्रा हुन नसक्ने धारण व्यक्त गदै कार्यक्रमका अर्का बक्ता प्रमोद प्रधानले बताए, नियात्राकारले जीवन, भोगाइ अनुभूति, वर्तमान परिवेश र संस्कृति तथा पर्यटनलाईसमेत समोवेश गर्न सक्नु पर्छ । ‘जर्नी टु तिब्बत’ यी सबै कुरालाई समेटेर तेस्रो आँखाले देखेका कुरा र अनुभूत गरेका विषयवस्तु खादिएको अब्बल कृति बन्न पुगेको छ ।

पुस्तकबारे टिप्पणी गर्दै पत्रकार प्रधानले भने, ‘यसमा सौन्दर्यका साथै तिब्बती क्षेत्रको अभाव, गरिबी र दुःखका कुरा पनि छन्।’ 

कार्यक्रममा साहित्यकार सिलवाल, पत्रकार तथा कार्यक्रम संञ्चालिका राधिका अधिकारी र प्रकाशक शाक्यले पनि पुस्तकका बारेमा बोलेका थिए। 

‘लोकराज भट्टद्वारा लिखित सुदूरपश्चिमको सुगन्ध दिने उपन्यास ‘छाइल’ चाँडै नै प्रकाशित गर्न लागेको कुरा प्रकाशक शाक्यले बताए । 

नियात्राकार पराजुलीका यस अघि ‘तिब्बत यात्रा’–२०७२, ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’–२०७४ र ‘श्वेत पर्वत’–२०७८ कृति प्रकाशित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad