ad ad

कला


सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरु सिर्जनासहित सडकमा निस्कने

सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरु सिर्जनासहित सडकमा निस्कने

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार १२:१६,

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्शा सार्वजनिक गर्नुले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा स्रष्टा चरणबद्धरुपमा सिर्जनासहित सडकमा निस्कन थालेका छन्।

सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक सङ्घले ‘सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरु २०७६’ अभियानको घोषणासहित आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन तय गरेको छ।

संघका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कविता, गीत, नृत्यसहित आफूहरु सीमा अतिक्रमणको विरोधमा उत्रन लागेको जानकारी दिए।

यसअघि सत्तारुढ नेकपा निकट जनसांस्कृतिक महासंघ नेपालले गत साता सोही स्थलमा साहित्यिक प्रस्तुति गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .