बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानबीच सम्बन्धविच्छेद पछि पनि राम्रो सम्बन्ध छ। सुजैन अर्सलान गोनीसँग डेट गरिरहेकी छन् भने ऋतिक पनि हालै सबा आजादसँग गरेको डिनर डेटका कारण चर्चामा छन्। यसैबीच सुजैनले सामाजिक सञ्जालमा सबाको अभिनयको तारिफ गरेकी छन्।
सुजैनले आफ्नो सोशल मिडिया स्टोरीमा सबा आजादको गायन प्रस्तुतिको प्रशंसा गर्दै लेखेकी छन्, ‘कति राम्रो साँझ तिमी सुपर कुल र सुपर ट्यालेन्टेड छौ साबा।’ साबाले आफ्नो पोस्ट रिसेयर गर्दै लेखेकी छन्, ‘धन्यवाद..मेरी सुजी तिमी हिजो राति त्यहाँ थियौ, त्यसैले म धेरै खुसी छु।’
240
Shares

प्रतिक्रिया