कला


सुहाना भन्छिन्- मनोरञ्जन उद्योग बचाउन देश नै राम्रो हुनुपर्छ

सुहाना भन्छिन्- मनोरञ्जन उद्योग बचाउन देश नै राम्रो हुनुपर्छ

नेपालखबर
फागुन २, २०७८ सोमबार १२:९, काठमाडौँ

नेपाली सिने उद्योगमा आफूले लामो समय राज गरेपछि अभिनेत्री झरना थापाले आफ्नी छोरीलाई पनि यही क्षेत्रमा ल्याइन्।

झरनाले आफ्नै निर्देशनमा छोरी सुहाना थापालाई पर्दामा उतारिन्। सुहानाले राम्रो सम्भावना देखाइन्। त्यसपछि उनले अन्य दुई फिल्लमा अभिनय गरिन्। 

सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन भइसके। ‘ए मेरो हजुर ४’ प्रदर्शनको संघारमा छ।

चलचित्रको प्रचारका क्रममा सुहानाले उद्योगप्रतिको चिन्ता दर्शाइन्। उनले चलचित्र क्षेत्रका समस्यालाई राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्न भ्याइन्। 

यो उद्योगमा राम्रो काम गर्नेलाई कसैले वास्ता नगरेको सुहानाको गुनासो छ। उनले मनोरञ्जन उद्योग बचाउन देश नै राम्रो हुनुपर्ने उल्लेख गरेकी छिन्।

भन्छिन्, ‘देश राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ।’ आफ्नो चलचित्रको दृश्य निक्कै दुःख र खर्च गरेर खिचेको भए पनि कसैले चासो नदिएपछि सुहानालाई चिन्ता लागेको हो। 

कोरोना कालमा कलाकारले काम नपाएर घरमै बस्नु पर्दा पनि सरकारले सहयोग नगरेको भन्दै गुनासो पोखिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad