प्रख्यात् भारतीय गायिका लता मंगेशकर हामी माझ छैनन्। उनी यही फेब्रुअरी ६ मा ९२ वर्षको उमेरमा यो संसारबाट बिदा भइसकिन्।
तर उनको सुमधुर स्वर, लोकप्रिय गीत र उनीसँग जोडिएका सम्झना सधैं हामीसँग रहनेछन्।
यसै क्रममा बलिउड अभिनेता सलमान खानले गायिका लताको सम्झनामा सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेका छन्। जसमा उनले निकै भावुक नोट पनि लेखेका छन्।
सलमानले लताको सम्झनामा गाए ‘लगा जा गले’
भिडिओ सेयर गर्दै सलमान खानले क्याप्सनमा लेखेका छन्, ‘न कोही छ, न कोही थिए र न कोही तपाईंजस्तो हुने नै छन्, लताजी!’
भिडिओमा लता मंगेशकरको सबैभन्दा प्रतिष्ठित गीत ‘लग जा गले’ गाउँदै गर्दा सलमान खान निकै भावुक देखिएका छन्।
45
Shares

प्रतिक्रिया