कला


वसन्तले मागे महेशसँग माफी, भने : ‘गल्ती भयो’

वसन्तले मागे महेशसँग माफी, भने : ‘गल्ती भयो’

नेपालखबर
फागुन १, २०७८ आइतबार १४:४३, काठमाडौँ

संगीतकार वसन्त सापकोटाले संगीतकार महेश खड्कासँग माफी मागेका छन्। केहिदिन अघि संगीत चोरीको आरोप लगाएका सापकोटाले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैलाई नमस्कार जानि नजानि मनिसबाट गल्ती हुन्छ। कुराहरु जति धेरै वढाउँदै लग्यो त्यतिनै बिग्रँदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैजनासँग माफी माग्दछु। सुषुप्त मनभित्र कहिले काहिँ राम्रो धुनहरु बस्न जान्छन् कहिले काहिँ एकै खालका शब्दहरु आउँदा धुन पनि मिल्न जान्छ। यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरो तर्फबाट पर्न गएको असुबिधाप्रति माफी चाहन्छु।’

वसन्तले पछिल्लो पटक महेशले संगीत गरेको ‘नोगेन’ बोलको गीतमा ‘सागरसरी चोखो माया’ गीतको धुन चोरीको आरोप लगाएका थिए। त्यसपछि महेशले चोरी प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित नभए कानुनी उपचारमा जाने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad