गायक रोज मोक्तान नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक रोजकै शब्द र संगीत रहेको छ।
गीतको म्युजिक भिडियोको निर्देशन युवराज वाईबाले गरेका छन्। गायक मोक्तानसँगै निरन्जली लामा, नग्मा श्रेष्ठ र सुजाता भट्टको अभिनय रहेको छ भने उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ।
रामेछापको खनियापानीमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन क्षेत्रमा प्रवेश गर्ने बाटो खोलेका थिए। ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन्।
उनको ‘झमझम स्टकोट’, ‘कलकत्ते काइयो’, ‘झिम्काइ देउ परेली’, ‘हेलम्बुको बजारमा’, ‘हिउ पर्यो फुरुरु’ लगायतका गीत चर्चामा रहेका थिए।
हेरौँ भिडियो

प्रतिक्रिया