कला


‘चिसो मान्छे’ बाट ‘बुलबुल’को क्रेज फर्काउने दाउमा स्वस्तिमा

‘चिसो मान्छे’ बाट ‘बुलबुल’को क्रेज फर्काउने दाउमा स्वस्तिमा

नेपालखबर
माघ २६, २०७८ बुधबार ११:४३, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। यो चलचित्र अब आगामी वर्षको असार ३ मा रिलिज हुने भएको छ। 

दीपेन्द्र के खनालले निर्देशन गरेको ‘चिसो मान्छे’मा शर्मिला पाण्डेले लगानी गरेकी छिन्। चलचित्रमा दीपेन्द्रकै लेखन तथा छायांकन रहनेछ। 

‘चिसो मान्छे’मा स्वस्तिमा खड्का र अर्पण थापाले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। सार्वजनिक पहिलो पोस्टरमा भने अभिनेत्री खड्कालाई मात्रै स्थान दिइएको छ। पोस्टरमा उनलाई फरक लुक्समा प्रस्तुत गरिएको छ। 

यो चलचित्रमा स्वस्तिमा जुम्लाकी एक महिलाको भूमिकामा देखिएकी छिन्। पोस्टर सार्वजनिक भएपछि उनको लुक्सलाई लिएर स्वस्तिमाको तारिफ भइरहेको छ।

यसअघि उनले चलचित्र ‘बुलबुल’मा निर्वाह गरेको भूमिकाको निक्कै प्रशंसा भएको थियो। यो चलचित्रमा उनले दर्शक र समीक्षकको साथ पाएकी थिइन्। स्वस्तिमा ‘चिसो मान्छे’मा ‘बुलबुल’बो सोही क्रेज फर्काउने दाउमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad