गीतकार प्रल्हाद शाहले ‘तिमीलाई कति माया गर्छु’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन्।
रोमान्टिक भर्सनको यो गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापाको रहेको छ। संगीत स्वयम् गायक शंकर थापाको रहेको छ। गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।
हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन्। इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
कात्तिक २८, २०७६ बिहिबार ११:३३
प्रतिक्रिया