नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद २’ असारबाट छायांकनमा जाने भएको छ।
छायांकनको अन्तिम तयारीमा रहेको यो चलचित्र बागमतीमा बाढी आएको समयमा छायांकन गरिने भएको हो।
चलचित्रको कथा अनुसार असारे भेल छोप्नु पर्ने दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले जानकारी गराए। यो चलचित्र लेखनमा यी दुईले सहकार्य गरेका छन्। चलचित्रमा विपिन कार्की र खगेन्द्र लामिछाने शिर्ष भूमिकामा देखिने छन्।
पशुपतिप्रसादको पहिलो सिरिजमै मारिएका विपिनको यो चलचित्रमा कस्तो रोल होला भनेर दर्शकमा कौतुहलता पैदा भएको छ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्र ६ वर्षअघि रिलिज भएको पशुपतिप्रसादकै कथामा गाँसिएर आउने बताइएको छ।
पशुपतिप्रसादले त्यतिबेला राम्रो प्रतिकृया पाएको थियो।
204
Shares

प्रतिक्रिया