कला


भत्कियो पल र दुर्गेशको सम्बन्ध!

भत्कियो पल र दुर्गेशको सम्बन्ध!

नेपालखबर
माघ १७, २०७८ सोमबार १३:२७, काठमाडौँ

अभिनेता पल शाह र मोडल दुर्गेश थापा अघिल्लो वर्षदेखि निक्कै नजिक थिए।

एक अर्काको परिवारमा गएका, परिवारसँग रमाएका, एक–अर्कासँगको परिवारसँग मिलेर चाडपर्व मनाएका तस्बिरहरु शेयर गरिरहन्थे। 

बजारमा त यी दुई एकै बिस्तरामा निदाउँछन् भन्नेसम्मको चर्चा थियो।

दुर्गेशका हरेक जसो गीतमा पल देखा पर्थे। गीतमा उनको भूमिका कति महत्वपूर्ण हो भन्ने कुराले पल र दुर्गेश दुवैलाई अर्थ राख्दैनथ्यो।

उनीहरु साथी भन्दा पनि हामी दाजुभाइको सम्बन्धमा रहेको बताउँथे। 

पछिल्लो समय दुर्गेशले बनाएको भिडियोमा भने पल देखिएका छैनन्। बजारमा उनीहरुको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको छ।

केही समय सँगै नदेखिएका यी दुईले एकले अर्काको कामको खुशी साट्न समेत छाडेका छन्। केहीदिन अघि मात्रै निस्किएको दुर्गेशको ‘पैसा’बोलको गीत पलले शेयर समेत गरेनन्। 

प्राय: सार्वजनिक कार्यक्रममा सँगै पुग्ने यो जोडी हिजोआज एक्ला एक्लै हिँडिरहेको छ। हरेक सफलताको खुशी सँगै मनाउने पल र दुर्गेश एक्ला एक्लै रमाइरहेका छन्। उनीहरुको यो क्रियाकलापले  उनका फ्यानहरुलाई शंका गर्न अझै सजिलो भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad