कला


दुर्गेश थापाको ‘पैसा’ गीतको तीव्र विरोध सुरु, कारबाही गर्न माग

दुर्गेश थापाको ‘पैसा’ गीतको तीव्र विरोध सुरु, कारबाही गर्न माग

गायक दुर्गेश थापा


नेपालखबर
माघ १६, २०७८ आइतबार ६:०, काठमाडौँ

गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेकाे नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ। 

विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई कारबाही नै गर्न माग गरेका छन्। 

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य साया किरण लेख्छिन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो को हो? अझै आफूलाई आफैंले नारीवादी घोषणा गर्नेहरू त्यहीँ रमाउँदै छन्, छिछिछि!! कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मान्छेलाई? यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरू कुन दर्जाका मान्छे हुन्?? यसलाई जहाँ भेटिन्छ, त्यहीँ दनक दिनुपर्छ। परेको बेहोर्न तयार!!’

यस्तै महिला अधिकारवादी सावित्री सुवेदीले लेखेकी छन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो गन्हाउने बोकालाई तुरुन्तै कारबाही गर! महिला हिंसा अन्त्य गर! जयनारी!’

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेश पटकपटक विवादमा परेका गायक हुन्। तिहार गीत ‘डन आयो डन’मा प्रयोग गरिएका शब्दले त उनलाई प्रहरी कार्यालयसम्म पुर्‍याएको थियो। 

यो पछिल्लो गीत ‘पैसा’ मा त उनले निकै आपत्तिजनक शब्द प्रयोग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad