गायिका सुवानी मोक्तान नयाँ गीत लिएर बजारमा आएकी छिन्।
नेपाल आइडलको जारी चौथो सिजनमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी सुवानीको ‘समय’बोलको गीत बजारमा आएको हो।
सार्वजनिक गीतमा सुवानी कै शब्द, संगीत सुन्न सकिन्छ। गीतको म्यूजिक भिडिओमा पनि सुवानी आफैँले अभिनय गरेकी छिन्। गीतमा संगीत संयोजन भने रिकेश गुरुङले गरेका छन्।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडिओमा अभिनेता पुष्प खड्का सुवानीको जोडीका रुपमा देखिएका छन्। यो जोडीलाई प्रियाना आचार्य र ध्रुव बुढाथोकीले साथ दिएका छन्।
सार्वजनिक गीतमा प्रेम र विछोडबीचको कथा प्रस्तुत गरिएको छ। अमृत सुनुवारले छायांकन गरेको गीतको म्यूजिक भिडियो सम्पादन हिमाल जोशीले गरेका हुन्।
63
Shares

प्रतिक्रिया