कला


निर्मातालाई दिएको धम्कीका कारण कार्तिक आर्यन विवादमा

निर्मातालाई दिएको धम्कीका कारण कार्तिक आर्यन विवादमा

नेपालखबर
माघ १३, २०७८ बिहिबार १७:३४, काठमाडौँ

बलिउड अभिनेता कार्तिक आर्यन पुनः विवादमा तानिएका छन्। चलचित्र छोड्ने धम्कीका कारण पछिल्लो पटक उनी विवादमा तानिएका हुन्। उनले साउथ स्टार अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’मा काम नगर्ने धम्की दिएपछि विवादित बनेका हुन्।

कार्तिक केही समयअघि निर्माता करण जोहरसँगको विवादका कारण चर्चामा आएका थिए। यही विवादका कारण करणले कार्तिकसँग काम नगर्ने निर्णय गरिसकेका छन्।  

कार्तिकले ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’मा काम गर्ने तयारी गरेका थिए। सोही चलचित्रका निर्माता मनिष शाहले कार्तिकले चलचित्र छोड्ने धम्की दिएको खुलाएका हुन्। उनले कार्तिकलाई ‘अव्यावसायिक’ समेत भनेका छन्। 

‘अला वैकुण्ठपुरमलो’ जनवरी २६ तारिखबाट हिन्दी भर्सनमा रिलिज गर्ने तयारी थियो।

कार्तिकले यो चलचित्र छाडेको खण्डमा मेकरलाई ४० करोड घाटा लाग्ने बताइएको छ। कार्तिकको यो व्यवहारलाई लिएर निर्माता मनिष निक्कै आक्रोशित देखिएका छन्। उनले कार्तिकलाई अव्यवसायिक भन्दै अलोचना गरिरहेका छन्। 

‘अला वैकुण्ठपुरमलो’को हिन्दी भर्सन रिलिज नहुँदा मनिष र उनको टिमलाई २० करोड घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad