सामाजिक सञ्जालमा सक्रिय नेकपा एमालेका नेता भीम रावल बेलाबेला आफ्ना विचार कवितामार्फत पनि व्यक्त गर्छन्।
यसै क्रममा उनले पछिल्लोपटक सोमबार ‘सहिदलाई मान्छौ कि!’ शीर्षकमा कविता लेखेका छन्। 
यसैबीच वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भने मंगलबार साँझ नेता रावलप्रति व्यंग्य गरेका छन्। उनले रावललाई ‘नवोदित भयंकर कवि’को उपमा दिँदै उनले काव्यको सिंगै डबली कब्जा गरेको भनेर संग्रौलाले कटाक्ष गरेका छन्।
‘नवोदित भयंकर कवि भीम रावलले काव्यको सिङ्गे डबली झ्याप्पै कब्जा गरेछन्,’ संग्रौलाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘अब मामुली कविहरूले चैं कुन डबलीमा के अभिनय गर्ने हो? हे फसाद!’
267
Shares

प्रतिक्रिया